सुधार केन्द्रमा निर्घात कुटपिट, आवाज नसुनियोस् भनेर पृष्ठभूमिमा बजाइएको थियो संगीत
Mayorsap
सोम, बैशाख २२, २०८२ | १२:५१ बजे

रौतहट । रौतहटको एक सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घाट कुटपिट गरेको घटना सार्वजनिक भएको छ । गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा चार जनाले एक व्यक्तिलाई लडाएर कुटपिट गरेको सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा तीन जनाले एक जना व्यक्तिलाई भुइँमा लडाएर समाएको र अर्को जनाले पाइप जस्तो वस्तुले लडाएको व्यक्तिको पैतालामा कुटपिट गरेको देखिन्छ । कुटपिटको आवाज र कुटाइ खाने व्यक्तिको चिच्याएको आवाज नसुनियोस् भनेर पछाडि गीत बजाएर छोडेको समेत भिडियोमा सुनिन्छ ।
घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान अगाडि बढाएको बताएको छ । अहिले सुधार केन्द्रका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर घटनाबारे अनुसन्धान अघि बढाएको र वास्तविकता पत्ता लगेपछि कार्बाही अगाडी बढाउने प्रहरीले जनाएको छ ।