हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकलसहित २० वर्षीय युवक मृत फेला


काठमाडौं । रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकलसहित एक व्यक्ति मृत फेला परेका छन् । सोमबार बिहान तिलोत्तमा–२ शंकरनगरका २० वर्षीय गोपाल टन्डन हाइटेन्सन लाइनको खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् ।
हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा टन्डन उनकै लु ४८ प ३११७ नम्बरको मोटरसाइकलसहित फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनको दुर्घटनामा परेर मृत्यु भएको बताएको छ।
रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल हुइकाउँदा टन्डनको खाल्डोमा परेर ज्यान गएको प्रहरीले जानाएको छ ।
टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । टन्डन आइतबारदेखि बेपत्ता भएको भन्दै उनको परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।