बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा


काठमाडौं । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ ।
