Ad Image

विद्यालयमा नेपाली बोले जरिवाना गर्ने कार्य तत्काल रोक्न काठमाडौं महानगरको निर्देशन

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1734917683.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षण सिकाइको माध्यम अंग्रेजी भएका केही विद्यालयहरूले नेपाली भाषामा संवाद गर्ने विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल रोक्न निर्देशन दिएको छ । 
 

महानगरले विज्ञप्ति जारी गर्दै  कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी नेपाली भाषा बन्देज गर्ने कार्य तत्काल बन्द गर्न भनेको हो । नेपाली भाषा बोले जरिवाना तिर्नुपर्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।