Ad Image

१ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त अग्रवाल पक्राउ

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746538291.jpg

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार अग्रवाललाई वैशाख २३ गते काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो ।

 

४७ वर्षीय अग्रवाल काठमाडौं महानगरपालिका–३० निवासी हुन् । उनीमाथि अदालतले विभिन्न मितिमा गरेका फैसलाहरू कार्यान्वयन नगरेको पाइएपछि उनलाई फरार अभियुक्तका रूपमा खोजी कार्य अघि बढाइएको थियो । प्रहरीले अग्रवाललाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिएको छ