सिन्धुलीमा २५ जना विद्यार्थी बोकेको भ्यान दुर्घटना, १७ जना घाइते


काठमाडौं । सिन्धुलीको भिमस्थानमा विद्यालयको भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् । तिनपाटन गाउँपालिका–२ स्थित भिमस्थानमा बिहीबार बिहान भएको दुर्घटनामा १७ जना विद्यार्थी घाइते भएका हुन् ।
गैरिसंखर बोडिङ्ग स्कुलको २५ जना विद्यार्थी बोकेको ना १ झ ६३०२ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जना बालबालिकाको अवस्था मध्यम छ भने अरुको अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते बालबालिकालाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ । भ्यान आफैं अनियन्त्रीत भइ दुर्घटना भएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।