Ad Image

रेशम चौधरी पक्राउ परेको विषयमा गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदै

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746687004.jpg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको विषयमा जवाफ दिने भएका छन् ।

 

यसअघि नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारले जवाफ नदिए संसद अवरोध गर्ने चेतावनी दिँदै संसदमै नारा लगाएका थिए । सभामुखले गृहमन्त्रीले संसदमा जवाफ दिने भनेपछि संसद अगाडि बढेकाे थियाे । यसै विषयमा गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।


गृहमन्त्री लेखकले गत वैशाख १२ गतेदेखि २३ गतेसम्म संसदमा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा समेत जवाफ दिनेछन् ।