Ad Image

समयमा उपचार नहुँदा रेबिज लागेका ३२ वर्षीय प्रजाको मृत्यु

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746689236.jpg

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । 

प्रजाको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।


केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।