Ad Image

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि थपियो अर्को मुद्दा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746707905.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अर्को मुद्दा पनि थपिएको छ ।


गत चैत १५ गतेको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि बिहीबार सरकारी वकिल कार्यालय काठमाडौंले आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान गर्न म्याद माग गरेको हो। यसअघि उनलाई राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।

 

जिल्ला अदालत काठमाडौँले रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति समेत दिएको छ । उनीहरूविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप गरिएको हो ।

 

मिश्रले थप मुद्दा चलाएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘मैले कुनै अपराध गरेको छैन। सरकारको यस्तै खालको नियत रहिरह्यो भने नेपालमा कोही पनि बस्न चाहँदैन। कोही पनि बस्न सक्ने अवस्था रहन्न । आज ममाथि अर्को कसुरको पनि टीका लगाइदिएको छ।’

 

बिहीबार मिश्रसहित २५ जनाविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमामा उपस्थित गराएको थियाे।