ललितपुर महानगरपालिकाले दियो शुक्रबार सार्वजनिक बिदा


काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।
