भारत–पाकिस्तान युद्धबारे कांग्रेसले भन्यो–आतकंवादको विरुद्धमा हुने कार्बाहीलाई जायज ठान्छौं


काठमाडौं । नेपाली कांग्रेसले भारत–पाकिस्तान युद्धमा भारतको साथ दिँदै आतंकवादको विरुद्ध भारतको आक्रमण सहि भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले आतकंवादको विरुद्धमा भएको पाकिस्तानमाथिको भारतको आक्रमण जायज भएको बताएका हुन् ।
उनले आतंकवादको विरुद्धमा हुने कार्बाहीलाई पार्टीले जायज रुपमा लिएको बताए । भारत र पाकिस्तानबीच भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको समेत बताएका छन् ।
महतले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा छौं । आतंकवादको खिलापमा हुने कार्बाहीलाई जायज ठान्छौं । आतंकवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं ।’
दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको समेत महतले बताए ।