Ad Image

सरकारको गलत रवैयाले प्रतिगामीहरु प्रोत्साहित भए : वर्षमान पुन

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746879332.JPG

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सरकारको गलत रवैयाबाट प्रात्साहित प्रतिगामी शक्तिको वृद्धि भएको आरोप लगाएका छन् ।

 

शनिबार राजधानीमा आयोजित रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशनमा उनले प्रधानमन्त्री केपी ओलीको क्रियाकलापले राजावादी शक्तिलाई उत्साहित बनाएको बताए ।

 

पुनले ओलीको आलोचना गर्दै सत्तारुढ दलका व्यक्तिहरूलाई छानबिन नगरी छुट दिइएको र विपक्षीविरुद्ध प्रतिशोध लिने प्रयासले व्यवस्थामाथि प्रश्न उठाएको बताएका छन् । उनले बिचौलिया र प्रतिगामी शक्तिहरूसँग लड्ने चेतावनी दिँदै भने, “जनताको पसिना चुस्न दिएर व्यवस्थाको बदनाम गर्न पाइँदैन।”

 

साथै, पुनले प्रचण्ड नेतृत्वको सरकार ढालिएको कारणको रूपमा बिचौलियासँग झुक्न अस्वीकार गर्नु र सुशासनको पक्षमा काम गर्न नसक्नु भएको बताएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त नगरी समाजवादी यात्रा अघि बढ्न नसक्ने स्पष्ट पारे ।