Ad Image

भारत र पाकिस्तानबीच युद्धविराम भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746879642.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका हुन् ।

 

उनले अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका दाबी गरेका छन् । उनले भारत र पाकिस्तानबीचको  युद्धविराम घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको समेत बताएका छन् ।

 

उनले दुवै देशलाई बधाई समेत दिएका छन् ।