Ad Image

आजपाले घोषणा गर्‍यो दलीय गणतन्त्रविरुद्ध ‘भण्डाफोर’ अभियान

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746941133.jpg

काठमाडौं । आम जनता पार्टी (आजपा)ले दलीय गणतन्त्रविरुद्ध देशव्यापी सप्ताहव्यापी भण्डाफोर अभियान सुरु गर्ने भएको छ ।

 

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा कोटेश्वरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले “दलीय गणतन्त्रको भण्डाफोर गरौँ, जन गणतन्त्रको दिशामा अघि बढौँ“ भन्ने नाराका साथ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

अभियानको कमाण्ड सात वटै प्रदेशमा तोकिएको छ । काठमाडौंमा प्रभु साह, कोशीमा तिलक थापा मगर, मधेशमा चन्द्र भूषण साह, लुम्बिनीमा त्रिभुवन साह, गण्डकीमा ज्ञानेन्द्र तामाङ र सुदूरपश्चिममा समिना हुसैनले नेतृत्व गर्नेछन् ।

 

पार्टीले संगठनलाई मजबुत बनाउन त्रिभुवन साहलाई संगठन विभाग, रञ्जु साहलाई आर्थिक विभाग र रवीन्द्र सिंहलाई शिक्षक विभागको जिम्मेवारी दिएको छ । साथै, लुम्बिनीबाट डा. उषमान अलि, शम्भु जयसवाल, क.भगत र विद्या शर्मालाई सचिवालय सदस्यमा मनोनीत गरिएको छ ।