Ad Image

तोलामा ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746941529.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

 

गत शुक्रबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसै गरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । 

 

शुक्रबार प्रतितोला सुन रु एक लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।