Ad Image

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746942057.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

 

न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो ।

 

वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलले उनलाई गैरकानुनी रूपमा थुनिएको आरोप लगाउँदै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

 

त्यसपछि वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारलाई कारण देखाउन आदेश जारी गरेको थियो ।