Ad Image

झापामा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको ह*त्या

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746945481.jpeg

झापा । झापामा घाँटीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय श्रीमान कविराज हेमरन पक्राउ परेका छन् ।  

 

गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

 

“दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । निजलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो”, उनले भने ।  

 

घटनास्थल सुरक्षित राखी घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।