रेमिट्यान्सले देश चल्छ, श्रमिकको पीडा सुन्ने कोही छैन : ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हकहितमा श्रम तथा परराष्ट्र मन्त्रालय पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले करोडौं नेपाली दलालको ठगीमा परेर अलपत्र परेको बताए । उनले देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहे पनि वैदेशिक श्रमिकहरूको सम्मान नहुनु लाजमर्दो भएको टिप्पणी गरे ।
“प्रधानमन्त्रीदेखि सांसदसम्मको तलब र भत्ता विदेशबाट आएको पैसाले चलेको छ, हामीले नुनको सोझो बन्न नपर्ने” भन्दै उनले श्रम मन्त्रालय जनताको हितमा काम नगरे मन्त्रालयको औचित्य नै नरहने तर्क गरे ।
परराष्ट्र मन्त्रालयले पनि उद्धारमा कुटनीतिक पहल नगरेको भन्दै शाहीले दुःखी जनताको आवाज उठाउन सभामुखसमक्ष माग गरे ।