Ad Image

स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/school.jpeg

 काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले आइतबार समितिलाई पेस गरेको विधेयकमा स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने प्रावधान राखिएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय तहले विद्यालय स्थापना र सञ्चालन गर्दा स्थानीय आवश्यकताको विश्लेषण र स्रोतको सुनिश्चतता गरी आवासीय विद्यालय समेत स्थापना र सञ्चालन गर्न सक्नेछ ।’

विद्यालयको नाम राख्दा विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशी पन झल्कने गरी राख्न नपाइने व्यवस्था गरिएको छ । यदि विदेशी पन झल्कने गरी विद्यालयको नाम राखिएको भए त्यस्ता नाम उपसमितिले तीन वर्षभित्र नेपालीपन झल्कने गरी परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको छ ।