Ad Image

भरतपुर महानगरको पूँजीगत खर्च ३४ प्रतिशत मात्रै

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bharatpur.jpeg

चितवन ।  भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा पूँजीगत खर्च ३४ प्रतिशत मात्रै खर्च भएको छ । वैशाख मसान्तसम्म चालु आवको संशोधित पूँजीगत खर्चका लागि विनियोजन गरिएको २ अर्ब ७२ करोड ४७ लाख ८० हजारको ३४ प्रतिशत मात्रै पूँजीगत खर्च भएको हो । त्यस्तै  चालु खर्चमा २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार ९ सयको ५८ प्रतिशत मात्र खर्च भएको छ । 

गत वर्ष यही अवधिमा पूँजीगत खर्च २९ प्रतिशत र चालु खर्च ५७ प्रतिशत भएको थियो । गत आर्थिक बर्ष महानगरपालिकाको पूँजीगत खर्च ५६ प्रतिशत र चालु खर्च ८६ प्रतिशत भएको थियो । भरतपुर महानगरपालिकाले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म ९९ करोड ८४ लाख ५८ हजार ४ सय ४२ रुपैयाँ राजश्व उठाइसकेको छ । चालु आवको बाँकी दुई महिनामा ८० करोड मध्ये ५० करोड राजश्व उठाउने लक्ष्यका साथ काम भइरहेको महानगरले जनाएको छ ।  

याे पनि पढ्नुहाेस्

भरतपुर डायरीः अवैध क्रसर उद्योग सञ्चालनबारे समाचार प्रकाशित गर्दा ‘अत्तालियो’ मेयर रेणुको टिम