ट्याक्सी चालकले ५० जना महिलालाई बला*त्कार गरेको आशङ्का, भेटियो ३ हजार ‘भिडियो’


एजेन्सी । जापानी प्रहरीले बिहीबार महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक ट्याक्सी चालकलाई पक्राउ गरेको छ ।
प्रहरीले उनले ट्याक्सी र घरमा करिब ५० जना महिलालाई यौन दुव्र्यवहार गरेको हुन सक्ने आशंका गरेको छ । उनको मोबाइलमा प्रहरीले यौन दुव्र्यवहारका करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको योमियुरी सिम्बुन दैनिक र जिजी प्रेसले रिपोर्ट गरेका छन् ।
“गत वर्ष ती व्यक्तिले २० वर्षकी एउटी महिलालाई निद्राको गोली खान लगाए, जसले गर्दा उनी बेहोस भइन्, उनलाई आफ्नो घरमा लिएर गए र अभद्र कार्य गरे, जसलाई उनले फिल्म बनाएका थिए”, टोकियो प्रहरीका प्रवक्ताले भने ।
प्रहरीले बुधबार ५४ वर्षीय ती व्यक्तिलाई ‘सहमतिबिहीन यौन सम्पर्क र यौन अङ्गको छायाङ्कनको सजाय सम्बन्धी कानूनको उल्लङ्घन’ को आशंकामा पक्राउ गरेको प्रवक्ताले बताए ।
मिडिया रिपोर्टहरूका अनुसार उनको कपालमा निद्राको चक्कीका निशानहरू फेला परेका थिए । ती व्यक्तिको फोन र अन्य उपकरणहरूमा बरामद गरिएका फुटेजहरू सन् २००८ देखिका छन् ।
ती व्यक्तिलाई गत अक्टोबरमा अर्की महिलालाई लागुऔषध खुवाएर उनको ४० हजार येन लुटेको आशङ्कामा पनि पक्राउ गरिएको थियो ।