Ad Image

रुकुमको सोती हत्याकाण्डको सम्झनामा काठमाडौंमा प्रदर्शन

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/a soti.PNG

काठमाडौं । रुकुमको सोती हत्याकाण्डको सम्झनामा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिवार दलितका लागि दलित अभियान नेपालले जातीय हिंसाविरुद्ध भन्दै जनप्रदर्शन कार्यक्रम गरेको हो । 

६ जनाको हत्या भएको दिन जेठ १० गतेलाई कालो दिनको रुपमा मनाउने गरी कार्यक्रम गरिएको हो । आज माइतीघरदेखि बबरमहलसम्म र्‍याली आयोजना गरिएको थियो।  र्यालीमा दलितलाई मार्न पाइँदैन, जातीय विभेद, छुवाछुत बन्द गर, अजित मिराजरलाई न्याय खै? लगायत लेखिएको प्ले कार्ड बोकिएको थियो ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा  २०७७ जेठ १० मा जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो । प्रेमीका भगाउन गएका नवराज र उनका साथीहरु माथि सोती गाउँका ४०, ५० जनाले घेरा हालेर ढुंगामुढा प्रहार गर्दा ६ जनाको मृत्यु र १२ जना घाइते भएका थिए ।