Ad Image

मैवाखोला गाउँपालिकाले किसानलाई दियो १४ वटा याकचौँरी

User Image Mayorsap | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Maiwakhola-OFFice-Taplejung.jpg

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले याकचौँरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत चौँरीपालन कृषक समूहलाई १४ वटा याकचौँरी हस्तान्तरण गरेको छ । वडा नं ६ साम्तोङको जलजले याकचौँरीपालन कृषक समूहलाई चालु आर्थिक वर्षमा १४ वटा याकचौँरी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । गाउँपालिकाले याकचौँरीपालन व्यवसायलाई प्रोत्साहन गर्न चालु आवका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो । 

उक्त कार्यक्रमअन्तर्गत कृषक समूहलाई ८० प्रतिशत अनुदान तथा २० प्रतिशत कृषकको स्वलगानीका आधारमा याकचौँरी वितरण गरिएको अध्यक्ष वनेमले बताए । याकचौँरी वितरण कार्यक्रमले पशुपालन व्यवसायको व्यावसायिकीकरण तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्य लिइएको गाउँपालिकाले जनाएको छ ।