एमाले सचिवालय बैठक बस्दै, गृहमन्त्रीमाथि लागेको आरोपबारे होला त छलफल ?


काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाइएको छ।
साथै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक बस्न लागेको एमाले बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ । आजको बैठकमा लेखकमाथि लागेको आरोपबारे पनि छलफल हुने एमाले नेताहरु बताउँछन् ।
कांग्रेसमा पनि लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका छ । यसैगरी रास्वपाले पनि गृहमन्त्री लेखकले तत्काल राजीनामा दिएर छानबिनमा सघाउन माग गरेको छ ।