Ad Image

भिजिट भिषाका विषयमा गृहमन्त्री लेखकले संसद्‌मा आफ्ना कुरा राख्ने

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramesh-lekhak.jpg

काठमाडौं । भिजिट भिषाका विषयमा गृहमन्त्री रमेश लेखकले संसद्‌मा आफ्ना कुरा राख्ने भएका छन् । सोमवार बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले भिजिट भिषाका विषयमा गृहमन्त्रीले संसदमा आफ्ना कुरा राख्ने जानकारी दिएका हुन् । 

भिजिट भिषामा सेटिङ भएको विषयमा पार्टी नेता तथा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको समेत उनले बताए । गृहमन्त्री लेखकको बयान सुनेपछि बैठकमा उनी यो प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको बताउँदै उनले संसद्मा र संसद् बाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न निर्देशन दिइएको समेत बताए । 

उनले भने, ‘गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तारमा आफ्नो कुरा राख्‍नुभयो। र आफ्नो कुनै पनि हिसाबले संलग्नता छैन। कुनै पनि कमिकमजोरी गल्ती छैन भन्ने कुरा राख्नुभयो । त्यो राखेपछि हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्‍यौं। साँच्चिकै भिजिट भिषा प्रकरणमा उहाँको संलग्नता छैन।’