Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ग्यास लिक भएर आग*लागी हुँदा कपिलवस्तुमा दाजुबहिनीको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ जेठ ९ गते १४:००
Image of https://mayorsap.com/storage/photos/10/death._QneID4qg9D_k7CVY3ODpy.jpg

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आगोलागीमा परेर पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र सोनमको भैरहवामै मृत्यु भएको छ ।

शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन् । सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र त्यहि बेला गोठमा बलेको आगोबाट भान्सा कोठामा सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । 

 


Facebook Comments