Ad Image

गृ‌हमन्त्री लेखकको राजीनामा र छानबिन आयोग गठन गर्न रास्वपाको माग

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sishir.jpeg

काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृ‌हमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद शिशिर खनालले गृहमन्‍त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न समेत माग गरेका छन्। सांसद खनालले भने, ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ । आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं। संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन।’

रास्वपा लगायत विपक्षी दलका सांसदहरूले संसद बैठकमै गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी समेत गरेका छन् ।