Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौं भोटेबहालको एक कोठामा चोरी, १४ लाख बराबरको धनमाल गायब

User Image मेयरसाप डेस्क | २०८१ पुष १८ गते ०७:१६
Image of storage/news/1735715809.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।

 

भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको हो ।


उनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रूपैयाँ गरी करिब १४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

दिउँसो कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

 


Facebook Comments