कावासोतीमा सामुदायिक विद्यालयको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी
कावासोती नगरपालिकाका २० वटा सामुदायिक विद्यालयमा लागू गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रममा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सिपसँग जोड्न सिकाइएको छ।
No Author Assigned | २०८१ भदौ २७ गते २३:०६
नवलपुरका सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
कावासोती नगरपालिकाका २० वटा सामुदायिक विद्यालयमा लागू गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रममा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सिपसँग जोड्न सिकाइएको छ। शिव नमुना विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले यस कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा तरकारी खेती गरिएको जानकारी दिए ।
यसले विद्यार्थीलाई आत्मनिर्भर बनाउँदै विद्यालयको स्रोतसाधनको सदुपयोगमा टेवा पुर्याएको छ। कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूलाई सहभागी गराइएको यो कार्यक्रम विद्यालयको चार कट्ठा जग्गामा करेसाबारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो।
त्यसैगरी, चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले दुई बिघा १० कट्ठा जग्गामा तिल, धान, र मास खेती गरेका छन्। यो आम्दानी विद्यालयका निम्न आर्थिक अवस्थाका विद्यार्थीहरूको शिक्षामा प्रयोग गरिएको छ।
कावासोती नगरपालिकाका वडाध्यक्ष तेजप्रसाद श्रेष्ठका अनुसार यस कार्यक्रमले व्यावहारिक शिक्षा र आयमूलक गतिविधिहरूलाई जोड दिँदै आएको छ।
Facebook Comments