रामपुर नगरपालिकामा एकादशी र औँसीमा पशुपक्षी बधमा रोक

प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितका अनुसार, धार्मिक आस्थामा असर पर्ने जनगुनासोका कारण यही भदौ १२ गते बसेको कार्यपालिका बैठकले यो निर्णय गरेको हो।

No Author Assigned | २०८१ भदौ २९ गते २३:०७
Image of storage/news/1726284216.jpg

रामपुर नगरपालिकाले एकादशी र औँसीको दिन पशुपक्षी बधमा रोक लगाएको छ।धार्मिक सहिष्णुता र स्वास्थ्यका दृष्टिकोणले फाइदा हुने भन्दै यो निर्णय भएको हो। 

 

प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितका अनुसार, धार्मिक आस्थामा असर पर्ने जनगुनासोका कारण यही भदौ १२ गते बसेको कार्यपालिका बैठकले यो निर्णय गरेको हो। 

 

सूचनामा भनिएको छ, “यस्तो कदमले धार्मिक सहिष्णुता कायम हुने र स्वास्थ्यका हिसाबले पनि लाभदायक हुनेछ।”


Facebook Comments