Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

वैशाख १७ गतेदेखि राष्ट्रिय हक्की सुरु हुने

User Image Mayorsap | २०८२ वैशाख १२ गते १८:०७
Image of storage/news/1745756544.jpeg

काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता वैशाख १७ गतेदेखि हुने भएको छ ।


यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।


खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ। पुरुषमा आठ तथा महिलामा चार समूहले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा मधेस, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेश, नेपाल पुलिस क्लब, नेपाल आर्मी र एपीएफ क्लब सहभागी हुनेछन्।


एपीएफ हक्कीमा नयाँ समूह रहेको आयोजकले जनाएको छ। पुरुषमा सहभागीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट आधारमा हुने महासचिव श्रेष्ठले जानकारी दिए ।


महिलातर्फ गण्डकी, मधेस र बागमती प्रदेश तथा नेपाल आर्मीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने समूहबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।


पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने समूहले क्रमशः रु. ७५ हजार, रु. ५० हजार र रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।


विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु. पाँच हजार पुरस्कार प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिए। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. दुई हजारबाट पुरस्कृत गरिनेछ ।


राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब रु. ३५ लाख र महिलाका लागि रु. २५ लाख खर्च हुने आयोजकले जनाएको छ । 


Facebook Comments