Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

किन नाकबाट सास फेर्नु फाइदाजनक छ ?

User Image मेयरसाप डेस्क | २०८२ वैशाख २६ गते ११:३९
Image of storage/news/1746942874.png

एजेन्सी । सामान्य लाग्ने श्वासप्रश्वासको बानीले स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ भन्ने थाहा पाउँदा धेरैलाई आश्चर्य लाग्न सक्छ। चिकित्सा अनुसन्धान र विज्ञहरूका अनुसार, नाकबाट सास फेर्ने बानीले केवल हाम्रो फोक्सो र प्रतिरक्षा प्रणालीलाई मात्रै फाइदा गर्दैन । यसले मानसिक स्वास्थ्यमा समेत सकारात्मक असर पार्छ।

 

नाक – शरीरको प्राकृतिक फिल्टर
 

नाक भित्रका टर्बिनेट्स नामका संरचनाले सास फेर्दा आउने हावालाई तताउने, भिजाउने र सफा गर्ने काम गर्छन्। यूसीएसएफका कान, नाक र घाँटी विशेषज्ञ डा. ज्याकलिन क्यालेन्डरका अनुसार, “नाकले धुलो, ब्याक्टेरिया, भाइरस जस्ता तत्वहरू रोक्छ र प्रतिरक्षा प्रणालीको पहिलो सुरक्षा रेखाको रूपमा काम गर्छ।”

तर जब हामी मुखबाट सास फेर्छौं, त्यो प्राकृतिक फिल्टर प्रणालीले काम गर्दैन। यसको असर मुखको स्वास्थमा पनि पर्छ। स्ट्यानफोर्ड विश्वविद्यालयकी भाषण तथा निन्द्रा विशेषज्ञ एन कर्नी भन्छिन्, “मुखबाट सास फेर्दा मुख सुख्खा हुन्छ, एसिड बढ्छ, जसले गिजा रोग, दाँत बिग्रनु र मुखको दुर्गन्ध ल्याउन सक्छ।”

 

निन्द्रा र सास फेर्ने तरिका

 

स्वस्थ व्यक्तिहरूले सुत्दा प्रायः नाकबाट सास फेर्ने गर्छन्। तर जसको नाक बन्द हुन्छ वा सास फेर्न गाह्रो हुन्छ, उनीहरू सुत्दा मुख खोल्ने गर्छन्। यसले स्लीप एप्निया जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ, जसले रातभरि सास रोकिने, थकान र लामो समयको स्वास्थ्य जोखिम बढाउँछ।

यही समस्या समाधान गर्न हाल mouth taping अर्थात सुत्दा मुखमा टेप लगाउने अभ्यासको चर्चा बढेको छ। विशेषज्ञहरू यसबारे सतर्क रहन सल्लाह दिन्छन्, तर सही सल्लाह लिएर प्रयोग गर्दा केही लाभदायक हुने सम्भावना पनि रहेको छ।

 

मानसिक स्वास्थ्यमा सकारात्मक असर

 

नाकबाट सास फेर्दा दिमागको लिम्बिक सिस्टम (भावनाको नियन्त्रण गर्ने भाग) मा सकारात्मक प्रभाव पर्न सक्छ। हालैको एक अध्ययनका अनुसार नाकबाट सास फेर्दा रक्तचाप घट्ने, मुटुको गति स्थिर हुने, र मानसिक शान्ति बढ्ने देखिएको छ।

फ्लोरिडा स्टेट युनिभर्सिटीका शारीरिक विज्ञ जो वाट्सोका अनुसार, “नाकबाट लिँदै र छोड्दै गरिएको गहिरो सासले स्नायुतन्त्रलाई शान्त बनाउँछ। यो ध्यान र योग अभ्यासको वैज्ञानिक आधार बन्न सक्छ।”

नाकबाट सास फेर्ने अभ्यास केवल एक सामान्य स्वास्थ्य सल्लाह होइन, यो तपाईंको सम्पूर्ण जीवनस्तर सुधार गर्ने सस्तो र सरल उपाय हुन सक्छ। सुत्दाखेरि नाक खुला राख्ने, दिनभरि सासको ध्यान राख्ने र आवश्यक परे विशेषज्ञसँग सल्लाह लिने बानीले धेरै फाइदा दिन सक्छ।


Facebook Comments