कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको घोषणा

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २९ गते ०३:०९
Image of storage/news/1747048302.jpeg

कलैया । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ ।

 

सोमबार कलैयामा आयोजित एक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले तोकिएको मापदण्ड अनुसार नगरका २७ वटै वडामा लक्षित वर्गलाई खोप लगाइएपछि उक्त घोषणा गरेका हुन ।

 

कार्यक्रमको अध्यक्षता गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले नगरमा जन्म देखी ११ महिना सम्मका २ हजार नौ सय १६, त्यस्तै १ वर्षदेखि २३ महिनासम्मको २ हजार आठ सय २७ र १५ महिना देखी देखि २३ महिनाको १ हजार आठ सय ५६ बालबालिकाहरूलाई सम्पूर्ण खोप लगाई पूर्ण खोप सुनिश्चितता भएको बताए । उनले आगामी दिनहरूमा खोप लिनबाट कोहिपनी वञ्चित नहुने व्यवस्था मिलाउने बताए ।

 

कार्यक्रममा उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, २७ वटै वडाका अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव, स्वास्थ्य शाखा प्रमुख अजय जयसवाल, २७ वटै वडामा रहेको स्वास्थ्यचौकिका प्रमुख तथा स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।


Facebook Comments