Loading...
Ad Image

बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया निर्वाचित

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/buddiijibi.jpg

काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष पदमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् ।  

गतराति सम्पन्न अधिवेशनले उनी सहित  ९९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो।  यसैगरी परिषद्को उपाध्यक्षमा गोविन्द्र शाही,सचिव डा.अर्जुनकुमार सिंह चयन भएका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको जनाइएको छ । 

अधिवेशनले महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिव दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा लाक्पा शेर्पा, प्रचार सचिव डा.टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार परिषद्को ११औँ राष्ट्रिय अधिवेशनले उद्घाटन गरे।