Ad Image

आज प्रधानमन्त्री ओली, कांग्रेसका सभापति देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच छलफल हुँदै

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dauwa3.PNG

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ।

सोमवार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने तय भएको हो।

भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले आज एमाले संसदीय दलको बैठकमा सदन अवरोध हटाउने विषयमा प्रचण्डसँग कुराकानी गर्न खोजे पनि सम्पर्क भइनरहेको बताएका थिए । उनीहरुबीचमा गृहमन्त्रीको राजीनामा, संसदको अवरोध हटाउने लगायतका विषयमा छलफल हुने बुझिएको छ ।