Ad Image

तुलसीपुरमा दुई किशोरबीच कुटाकुट, एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Death-body.jpeg

दाङ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच कुटाकुट हुँदा गम्भीर घाइते भएका एक किशोरको मत्यु भएको छ ।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधवार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई प्रहरीले नियान्त्रणमा लिएको छ ।