Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

User Image मेयरसाप डेस्क | २०८२ जेठ १८ गते १३:०४
Image of https://mayorsap.com/storage/photos/10/sarbocha (1).jpg

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतवार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अधिवक्ता रादिका चम्लागाईं र स्वागत नेपालले दिएको रिट सर्वोच्च अदालतले बुधवार दरपीठ गरेको हो।

रजिस्ट्रार विमल पौडेलले उक्त रिट दरपीठ गर्ने आदेश गरेका हुन्। राजवादीहरूको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेठ १९ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

उक्त निर्णयविरूद्ध अधिवक्ताहरूले रिट लिएर सर्वोच्च पुगेका थिए।


Facebook Comments