इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न प्रक्रिया थाल्दै सरकार


काठमाडौं । सरकारले इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण गर्न प्रक्रिया अगाडि बढाएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।
समितिको बैठकमा बिहीवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल भएको थियाे ।
यस बारेमा उठेका प्रश्नको जबाफ दिने क्रममा गृहमन्त्री लेखकले जिल्ला सदरमुकाम टाढा हुने र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले झनै जटिलता हुने स्थितिलाई मध्यनजर गर्दै सरकारले नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता प्राप्त हुन सकोस् भनेर इलाका प्रशासन कार्यलयबाटै पनि नागरिकताको व्यवस्थापन गर्ने कुरा अगाडि बढाएको जानकारी दिए। त्यसको लागि शाखा अधिकृत सबै इलाका प्रशासन कार्यालयको कार्यालय प्रमुख नहुनु समस्या रहेको उनको भनाइ छ ।
हालसम्म जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता दिने व्यवस्था छ।