नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको सञ्चालक समितिको ६ सय ८२ औं बैठकले ज्ञवालीलाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।
यसअघि ज्ञवाली बैंकको कायममुकायम सिइओको भूमिकामा थिए । नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा ज्ञवालीसँग २६ वर्ष लामो अनुभव छ ।
त्यसैगरी आज बसेको बैंकको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।