संसद अवरोध हटाउन प्रचण्ड र खड्काबीच छलफल


काठमाडौं । संसदमा जारी अवरोध हटाउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच संघीय संसद भवनमा छलफल भइरहेको छ ।
छलफलअघि प्रचण्डले माओवादी केन्द्र, रास्वपा, र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग बैठक गरेका थिए ।
बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाउनुपर्ने निष्कर्ष निकालिएको नेकपा एसका सांसद शेरबहादुर कुँवरले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तोकिए पनि अवरोधका कारण सुरु हुन सकेको छैन । नेताहरूले यस विषयमा पुनः छलफल गर्ने बताएका छन् ।