वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनमार्फत् ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए । अध्यक्षमा चयन भएका ओली वर्तमान समितिका उपमहासचिव हुन् ।
सम्मेलनबाट महासचिवमा गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी छ ।
आइतवारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो । बिहिवारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो ।