Ad Image

उज्यालो म्याग्दी कार्यक्रम: बुल र मलम्पारमा विद्युतीकरण

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/light skan.jpg

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मलम्पार र वडा नं ६ को बुलमा विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत मलम्पार र बुलमा विद्युत् सुविधा विस्तार गरिएको हो । मलम्पारमा १५० र बुलमा ४५ घरपरिवारको बसोबास छ । 

धौलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले मराङ–राम्चे हुँदै बुल र मलम्पारमा पुर्‍याइएको विद्युत् लाइनबाट घरघरमा मिटर बक्स जोडेर बिजुुली बाल्न थालेको जानकारी दिए। 

मलम्पार र बुलका बासिन्दाले उज्यालोका लागि हाल लघुजलविद्युत् परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर छन् । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०र८१ देखि रू २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रूम, ३ डाँडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६०० घरपरिवारमा विद्युतीकरण भइसकेको छ । धौलागिरि गाउँपालिकाको लुलाङमा मुख्य, शाखा लाइन पुर्‍याएर १०० केभीए क्षमताको ट्रान्सफर्मर जोडेर शुक्रबार परीक्षण सफल भएको छ । 

मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धौलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।