Ad Image

स्पेनको वृद्धाश्रममा आग*लागी: एक जनाको मृ*त्यु, १९ जना घाइते

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Death-body.jpeg

एजेन्सी । स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रवार राति आगलागी हुँदा ९३ वर्षीय वृद्धको ज्यान गएको छ भने कम्तीमा १९ जना धुवाँको असरबाट घाइते भएका छन् ।

स्थानीय आपतकालीन सेवाहरूका अनुसार आगो राति करिब ११ बजे वृद्धाश्रमको भुइँतल्लामा रहेको एक कोठाबाट सुरु भएको थियो । वृद्धको घटनास्थलमै मृत्यु भएको हो भने अन्य घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

वृद्धाश्रममा १३२ जना बसोबास गरिरहेका थिए । उद्धार कार्यमा आपतकालीन सेवाका कर्मचारीसँगै स्थानीय बासिन्दाहरूले पनि सक्रिय भूमिका खेलेका थिए । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही बासिन्दालाई झ्याल फोरेर बाहिर निकालिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानअनुसार अक्सिजन ट्याङ्की विस्फोटपछि आगो लाग्न सक्ने सम्भावना रहेको बताइएको छ ।