सत्ता साझेदारबीच कुनै मतभेद छैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सरकार सही नीतिमा अघि बढिरहेको बताएका छन् ।
अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा उनले सत्ता साझेदार दलहरूबीच कुनै मतान्तर नरहेको स्पष्ट गर्दै नेपाली कांग्रेसलाई आगामी १३ महिनापछि सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण गरिने दोहोर्याए ।
प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले सत्ता गठबन्धनमा फाटो ल्याउने प्रयास विफल हुने जिकिर गर्दै आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम अघि बढाइरहेको बताए ।
उनले युवाहरूलाई प्रविधिमा दक्ष बन्दै जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको अभियानमा अग्रसर हुन पनि आह्वान गरे ।