प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको परियोजना अवलोकन गर्न ओली आज मैदान पुगेका हुन् । प्यारापिट निर्माणको जिम्मा पाएको बीकेओआई–केसीडीसी–बिजी जेभी कम्पनीले ४३ करोड ७७ लाख रुपैयाँको लागतमा काम गरिरहेको छ ।
निर्माण कार्य गत फागुनमा सुरु भई वैशाख २४ भित्र सम्पन्न गर्ने लक्ष्य भए पनि अझै अधूरो रहेका कारण प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई काम तीव्र पार्न निर्देशन दिएका छन् ।