पोखरामा हथौडासहित युवकको श*व भेटियो


काठमाडौं । पोखरामा आज बिहान ५ बजे रहस्यमय अवस्थामा एक युवकको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकै शरीरमा चोट लागेको रगताम्य अवस्थामा एक युवकको शव भेटिएको हो ।
बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव नजिकै हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
युवकको पहिचान खुल्न सकेको छैन । प्रहरीले आज बिहानै देखि तालिमप्राप्त कुकुरमार्फत अनुसन्धान थालेको छ ।