Ad Image

प्रतिनिधि सभा बैठक बुधवार एक बजेसम्मका लागि स्थगित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi1.jpg

काठमाडौं । प्रतिनिधिसभा बैठक बुधवार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक साढे ३ बजे सुरु भएको थियो । बैठक सुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँसेर बुधवार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षी दलहरुले निरन्तर बैठक अवरोध गर्दै आएका छन् ।