आत्म*हत्या गर्न भन्दै सोलुखुम्बुको गोक्यो ताल पुगेका चिनियाँको नेपाल प्रहरीले गर्यो उद्दार

काठमाडौं । आत्महत्या गर्न भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले उद्दार गरेको छ ।
‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै गोक्यो ताल पुगेका ३६ वर्षीय छेई हुवाङलाई नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट गएको टोलीले आज बिहान उद्दार गरेको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई खबर गर्दै हुवाङलाई उद्धार गर्न भनेको थियो । दूतावाससँगै पेम्बा शेर्पा नाम गरेका व्यक्तिले पनि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
हुवाङले ११ जुनका दिन आफ्नो ३६ औं जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । त्यसपछि चीनमा रहेका परिवारले उनको अवस्थाबारे जानकारी पाएका थिए । परिवारले नै काठमाडौंस्थित चिनियाँ दूतावासमा खबर गरेर उद्धार गरिदिन भनेका थिए ।
उद्दारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टरको व्यवस्था गरिदिएको थियो । प्रहरी पुग्दा उनी एक होलटमा भेटिएका थिए । होटल सञ्चालकले समेत उनलाई सम्झाउँदै गरेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । उनलाई केही बेर सम्झाएर प्रहरीले हेलिकप्टरमार्फत काठमाडौं फर्काएको छ ।