प्रतिपक्षी दलले आज पनि चल्न दिएनन् प्रतिनिधि सभा बैठक, बिहीवारसम्मका लागि स्थगित


काठमाडौं । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानबाट उठेर नाराबाजीसहित संसद अवरुद्ध गरेका थिए ।
प्रतिपक्षी दलले संसदको अवरोध जारी राखेपछि सभामुख घिमिरेले बिहीवारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै विपक्षीले निरन्तर प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन् । जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक बस्न सकेको छैन ।