कार्यपालिका बैठक बोलाउन काठमाडौं महानगरका मेयर बालेन सहमत


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका छन् । उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षसहितको उपस्थितिमा बुधवार भएको छलफलमा मेयर बालेन कार्यपालिका बैठक बोलाउन सहमत भएका हुन् ।
बुधवार उपमेयर डंगोलसहित वडा–१७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागीतामा छलफल भएको थियो । छलफलमा मेयर कार्यपालिका बैठक बोलाउन सहमत भएका हुन् ।
वडाध्यक्षहरू सहितको बैठक करिब ४ घन्टासम्म चलेको बताइएको छ । उक्त बैठक अपरान्ह ४ बजेतिर सकिएपछि फेरि मेयर साह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो । मेयर बैठक बोलाउन सहमत भएसँगै महानगरको आगामी आर्थिक वर्षको बजेटका विषयमा समेत छलफल भएको छ । अब छलफललाई निरन्तरता दिने बताइएको छ ।